पत्रकार सम्मेलनमा बेहोस भइन् भारती मानन्धर

पत्रकार सम्मेलनमा बेहोस भइन् भारती मानन्धर


काठमाडौं ।

रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोस भएकी छिन्। आज आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए। रिगलको आममाफी विरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।