विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : महासचिव गुटेरेस

विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : महासचिव गुटेरेस


काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन्।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटपछि उनले गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै जोशीको लागि स्वदेश फिर्तिको कामना गरे।

इजरायलले सैन्य कारबाही झनै बढाएर गाजामा मानविय सहायतामा समेत कठिनाई भएको भन्दै उनले मानिसहरुको हत्या र घाईते बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

उनले भने ‘मानिसहरुको हत्याको कुनै कारण हुन सक्दैन्।’ सबैपक्षले अन्तराष्ट्रिय मानविय कानूनको सम्मान गर्नु पर्ने भन्दै उनले युद्धरत पक्षलाई तत्काल शान्ति कायम गर्न र कब्जामा रहेकाहरुलाई छोड्न अपिल गरेका छन्। हाल गाजाको अवस्था धेरै निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्नेमा बताए।