नेपाल विश्वको साथी हो : महासचिव गुटरेस

नेपाल विश्वको साथी हो : महासचिव गुटरेस


काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, नेपाल विश्वको असल साथी भएको बताएका छन्। गएराति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि संयुक्त रुपमा पत्रकारसंग साक्षात्कार गर्दै उनले नेपाल विश्वको साथी भएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नु पर्ने बताए।

उनले भने ‘‘नेपाल विश्वको साथी हो। त्यसैले विश्व नेपालको महत्वपूर्ण साथी हुन् जरुरी छ। सहकार्य गरेरै हामीले त्यो यथार्थलाई प्रकट गर्न सक्छौँ।’त्यस्तै नेपालले विश्व शान्तिका लागि पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन्।

नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाएर विश्वशान्तिका लागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका गरेका हुन्। अर्को प्रसंगमा उनले, नेपालले जलवायु परिर्वतनका कारण भोगेको समस्याबारे आफुले नजिकबाट जानकारी लिएको बताए।

जलवायु परिर्वतनका कारण हिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष रुपमा अध्ययन गर्न आफु त्यसक्षेत्रमा जान लागेको उनले जानकारी दिए। उनले भने ‘जलवायु परिर्वतनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ। म त्यहाँका स्थानीय मानिसहरुलाई भेट्ने छु र उनीहरु कसरी प्रत्यक्ष प्रभावित भएका छन् भन्ने कुराबारे जानकारी लिनेछु।

म पोखरा भ्रमणमा जानेछु र सिधैँ लुम्बिनितर्फ लाग्नेछु। त्यहाँबाट भगवान बुद्धले देखाएको शान्ति र अहिसांको बाटो, गहिरोसंग समस्यामा परेको विश्वका लागि आज पनि उतिक्कै महत्वपूर्ण र सान्र्दभिक छ।