काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ८५ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अष्ट्रेलियन डलर ५७ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया