आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ २८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर २२ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७८ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।