विदेशी मुद्राको विनिमय दरः आज कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?

विदेशी मुद्राको विनिमय दरः आज कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ४१ पैसा र बिक्री दर १४१ रुपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।