काठमाडौं ।
इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ। आइतबार विहान त्रिभुवन विमान स्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो।
चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ।

प्रतिक्रिया