काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँ ।

काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक जानकारी आएको छ।

काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। यसबारे थप विवरण आउन बाँकी छ।