इजरायलमा मारिएका चार नेपालीको शव आज बिहान नेपाल ल्याइँदै

इजरायलमा मारिएका चार नेपालीको शव आज बिहान नेपाल ल्याइँदै


काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनीहरुको शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने छ ।

शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने मन्त्रालयले जनाएको छ। इजदरायलको तेलअबिबस्थित नेपाली दूतावासले निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको हो।

नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जानकारी गराएको छ। हमासको आक्रमणमा परी मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ।