विदेशी मुद्राको विनिमयदर, कति पुग्यो अष्ट्रेलियन डलरको रेट ?

विदेशी मुद्राको विनिमयदर, कति पुग्यो अष्ट्रेलियन डलरको रेट ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसामा कारोबारको अनुमति दिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा क्यानेडियन डलर १ को खरिददर ९७ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रूपैयाँ ५२ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल १ को ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा कायम गरिएको छ।