आज डलरको भाउ घट्दा युरो बढ्यो, अष्ट्रेलियन डलरको रेट कति ?

आज डलरको भाउ घट्दा युरो बढ्यो, अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२.९२ रुपैयाँ रहँदा बिक्री दर १३३.५२ रुपैयाँ रहेको छ। मंगलबार अमेरिकी एक डलरको खरिद दर १३२.९५ रुपैयाँ र बिक्री दर १३३.५५ रुपैयाँ कायम थियो।

यस्तै युरो एकको खरिद दर आज १४०.५१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.१४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४०.०४ रुपैयाँ र बिक्री दर १४०.६७ रुपैयाँ थियो।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९१ रुपैयाँ रहेको छ। एक पाउण्ड स्टर्लिङको खरिद दर १६१.८७ रुपैयाँ र बिक्री दर १६२.६० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.५९ रुपैयाँ र बिक्री दर १६२.३२ रुपैयाँ थियो।