विदेशी मुद्राको विनिमय दर : आज कति पुग्यो अष्ट्रेलियन डलरको मूल्य ?

विदेशी मुद्राको विनिमय दर : आज कति पुग्यो अष्ट्रेलियन डलरको मूल्य ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५३ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.३५ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.१७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ।