यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ३२ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।