काठमाडौँ ।
मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ। लुक्ला विमानस्थलबाट बिहान ७ः११ बजे खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बुपासाङल्हमु गाउँपालिका–४ लबुचेमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परि हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने पाइलट बाच्न सफल भएका छन्। हेलिकप्टर जलेसँगै घाइते भएका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
घाइते पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो।

प्रतिक्रिया