काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।
हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइँदै छ। दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रतिक्रिया