काठमाडौँ ।
सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। इजरायलमा १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो।
सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन। जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
हिजो आकस्मिक रुपमा बसेको विशेष मन्त्रिपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो ।
पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिबार प्यालेष्टाइनी अतिवादी समूह हमासले अचानक आक्रमण गरे पछि ‘पढ्ने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो।

प्रतिक्रिया