दसैंको टीकाको साइत अष्ट्रेलियाका कुन सहरमा कति बजे उत्तम ?

दसैंको टीकाको साइत अष्ट्रेलियाका कुन सहरमा कति बजे उत्तम ?


काठमाडौँ ।

यो वर्षको दसैंको टीकाको उत्तम साइत कार्तिक ७ गते ११ः०२ बजे जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत जुराएको हो।

अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ। समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टीकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाका विभिन्न सहरमा बेग्लै बेग्लै समय टिकाको उत्तम साइत निकालेको छ। अष्ट्रेलियाको सिड्नीमा २४ अक्टोबर मंगलबार बिहान ११ः १५ बने, मेलबर्नमा २४ अक्टोबर मंगलबार बिहान ११ः ३५ बजे, ब्रिसबेनमा २४ अक्टोबर मंगलबार बिहान १०ः२५ बजे, पर्थ २४ अक्टोबर मंगलबार बिहान १०ः४२ बजे, डार्बिन २४ अक्टोबर मंगलबार बिहान ११ः३४ बजे, तास्मानिया २४ अक्टोबर मंगलबार बिहान ११ः२४ बजे र क्यानबेरा २४ अक्टोबर मंगलबार बिहान ११ः२१ बजे साइत र समय जुराएको छ।

यस्तै अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्वीजरल्याण्ड र क्यानडामा अक्टोबर २३ तारिखमा टीकाको शुभ साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले जनाएको छ।

यस्तै अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले अष्ट्रेलियाका विभिन्न सहरमा बेग्लै बेग्लै समय घटस्थापनाको शुभ साइत निकालेको छ। जस अनुसार सिड्नी १५ अक्टोबर बिहान ६ः१८ बजे, मेलबर्न १५ अक्टोबर बिहान ६ः४२ बजे, ब्रिस्वेन १५ अक्टोबर बिहान ५ः४८ बजे, एडिलेट १५ अक्टोबर बिहान ६ः४५ बजे, क्यानबेरा १५ अक्टोबर बिहान ६ः२७ बजे, तास्मानिया १५ अक्टोबर बिहान ६ः २९ बजे, पर्थ १५ अक्टोबर बिहान ५ः४२ बजे र डार्बिन १५ अक्टोबर बिहान ६ः५३ बजे जमरा राख्ने उत्तम साइत रहेको छ।