काठमाडौँ ।
इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको अनलाइन रजिष्ट्रेशन गर्ने भएको छ। इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल सरकारसँग समन्वय गरेर स्वदेश फर्कने नेपालीहरूको विवरण संकलन गरी रजिष्ट्रेशन व्यवस्था गर्ने भएको हो।
स्वदेश फर्कन चाहने नेपालीलाई उद्धारका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ।
दक्षिण इजरायलको किवुज अलिमुममा १० जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएको हो। चार जना नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको दूंतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार सम्पर्कविहिन एक जना नेपालीको खोजीकार्य भइरहेको छ। शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय गरिरहेको छ। इजरायलमा रहेका नेपालीलाई संयमता अपनाउन तथा आवश्कय समन्वय र सहयोग गर्नलाई दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया