काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले वृद्धि गरिएको मूल्य घटाएको हो।
मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ।
शनिबार बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ र हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाउने निर्णय गरेको थियो।
प्रतिक्रिया