काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा कारोबार भइरहदाँ दक्षिण कोरिया वनले १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा भाउ पाएको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको र बिक्री दर ३५.५१ रुपैयाँमा खरिदबिक्री गरिरहदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ कायम भएको छ। साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा विक्रीदर ४३०.९८ पैसामा कारोबार हुनेछ।
प्रतिक्रिया