एसियाली खेलकुद : नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

एसियाली खेलकुद : नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य


काठमाडौं ।

चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्धलाई २१३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ ‍रन बनायो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २७ बलमा ५२ र कुशल मल्लले २० बलमा ४७ रन, कुशल भुर्तेल र गुल्झन झाले ३५-३५, विनोद भण्डारीले १६, सन्दीप जोराले ५, दीपेन्द्रसिंह एैरी र आशिफ शेखले ६-६ रन बनाए।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। आज विजयी हुने टोली क्वार्टरफाइनलमा पुग्नेछ।