आजको विनिमयदरः कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?

आजको विनिमयदरः कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ८२ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।