मेलबर्नमा रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा अवस्थित पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको अवसरमा महिलाहरु जम्मा भएर तीज मनाएका छन् । दिनभरिमा करिब तीन हजार दर्शनाथी मन्दिर परिसर पुगेको पदाधिकारीले जानकारी दिएका छन् । यहाँ उपस्थित भएका व्रतालुहरुलाई तीजको अवसरमा नाचगानका लागि संगीतको व्यवस्था गर्नुका साथै साँझ सामूहिक पूजाआजा गर्ने समेत व्यवस्था मिलाइएको थियो । पहिलो पटक आफ्नै मन्दिर परिसरमा पुगेका उनीहरुले विगतका वर्षहरुमा विभिन्न मन्दिरमा जाने गरे पनि यस पटक आफ्नै मन्दिरमा तीज मनाउन पाउँदा उत्साह बढेको बताएका थिए । दशैं, तिहार, छठ जस्ता चाडवाड पनि यही मनाउने उनीहरुको अठोट थियो । दशैंको अवसर पारेर यहाँ नवाहा वाचन हुँदैछ भने निःशुल्क जमरा समेत वितरण गर्ने योजना छ । यस्तो छ तीजको रौनक










प्रतिक्रिया