भदौ २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा कायम रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३४ पैसामा कारोबार हुनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ र बिक्री दर ३५।४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा कारोबार हुनेछ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३१ पैसा विक्रीदर ४३१.२५ पैसामा कारोबार हुनेछ।
प्रतिक्रिया