यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ २० पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर ५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।