आज अष्ट्रेलियन डलर बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलर बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ २५ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर २९ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।