आज अष्ट्रेलियन डलरको रेट ह्वात्तै घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट ह्वात्तै घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ८४ रुपैयाँ ७६ पैसा रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलर एक रुपैयाँ ५ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ५७ पैसा र बिक्री दर १३३ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३८ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।