भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


काठमाडौँ ।

एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर भारतले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो।

कुशल भुर्तेल र आसिफ शेखले शानदार शुरुआत गरेका छन्। ७ ओभरको खेल सकिँदा नेपालले कुनै विकेट नगुमाई ३४ रन बनाएको छ।

नेपालले कुनै पनि फर्म्याटमा भारतको सिनियर टोलीविरुद्ध खेल्न लागेको यो पहिलो अवसर हो। नेपालले पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेकाले सुपर फोरमा प्रवेश गर्न नेपालले भारतलाई हराउनु पर्नेछ।

यता पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको भारतले नेपालविरुद्ध जित अथवा अंक बाँडे पनि सुपर फोरको यात्रा तय गर्नेछ।