टोकियो।
जापानमा एक नेपाली विद्यार्थीले झुन्डिएर आत्महत्या गरेकी छन्। विद्यार्थी भिजामा जापानको फुकुओका आएकी दोलखाकी २० वर्षीय रबिना बुढाथोकीले झुन्डिएर आत्महत्या गरेको नेपाल न्युज पोस्टले उल्लेख गरेको छ।
सोमबार साँझ परिवारसँग भिडियो कलमा कुरा गर्दा गर्दै कोठामा झुन्डिएको समाचारमा बताइएको छ। परिवारले उनको उद्धारका लागि फुकुओकामा रहेका नेपालीहरू मार्फत पहल गरे पनि रविनालाई बचाउन नसकिएको परिवारले जनाएको छ।
कोठाको ढोकामा चुकुल लगाएकाले प्रहरी घटनास्थलमा पुगुन्जेल प्रतिक्षा गर्नुपर्दा केहि समय ढिला भएको थियो। प्रहरीले उद्धार गरी अस्पताल लगिएकी रविनालाई डाक्टरले मृत घोषणा गरेको थियो।

प्रतिक्रिया