काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ४१ पैसा रहेको छ। सोमबारको तुलनामा आज अष्ट्रेलियन डलर ६ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया