स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित

स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित


काठमाडौँ ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ। गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो।

बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ र अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट गोल भएको थियो ।

यो जितसँगै बार्सिलोनाको दुई खेलबाट चार अंक भएको छ।