महिला विश्वकप फुटबल : दोस्रो सेमिफाइलनमा अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

महिला विश्वकप फुटबल : दोस्रो सेमिफाइलनमा अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै


काठमाडौं ।

फिफा महिला विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलया इंग्ल्यान्डसँग भिड्दैछ।

आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ। क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ। मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ। स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।

फाइनल खेल आउँदो आइतवार हुनेछ।