आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ १० पैसा रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलर ३४ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।