गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने सांसद सुनिल शर्माको चेतावनी

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने सांसद सुनिल शर्माको चेतावनी


काठमाडौँ ।

सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ।

नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराए। तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो।

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद डा सुिनल शर्माले आफ्नो रिहाइका लागि आवाज उठाउने सांसदहरुलाई धन्यवाद दिए। संसद्लाई जानकारी नदिई बिनापुर्जी पक्राउ गरेर लगेको र हिरासतमा दुव्र्यवहार गरेको भन्दै गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी समेत दिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ३ गते आइतबार १ बजे बस्नेछ।