अष्ट्रेलियन डलर ८५ रूपैयाँमा झर्याे, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलर ८५ रूपैयाँमा झर्याे, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ३५ पैसा रहेको छ। आइतबारको तुलनामा आज अष्ट्रेलियन डलर २९ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।