आज पनि बढ्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज पनि बढ्यो अष्ट्रेलियन डलरको रेट, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर २४ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ। बिहीबार अष्ट्रेलियन डलर ४३ पैसाले बढेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।