क्वविटो ।
इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ। केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो।
समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्यालीको आयोजना गरेका थिए, सोही र्यालीमा एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानी हत्या गरिएको हो।
स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन्। ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

प्रतिक्रिया