काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८४ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ४३ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया