सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड


काठमाडौँ ।

सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन्।

बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जितेकी थिइन्।

सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण हो।