आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ४१ पैसा रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलर ६१ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २१ पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।