आज डलर र युरोको भाउ बढ्यो, अष्ट्रेलियन डलरको रेट कति ?

आज डलर र युरोको भाउ बढ्यो, अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ २९ पैसा रहेको छ। आइतबारको तुलनामा आज अष्ट्रेलियन डलर २२ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ। आज युरो र पाउण्को मूल्य बढेर आएको छ।

यस्तै, अमेरिकी डलर तुलनामा स्थिर रहेको छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।