काठमाडौँ । केन्द्र, प्रदेश, पालिका र वडा समितिमा बस्न पार्टीको सदस्यता बाहेक अन्य मापदण्ड नतोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले बताएका छन्। विभिन्न सञ्चारमाध्यममा पार्टीका कमिटीमा बस्न शैक्षिक योग्यता तोकेको भनेर समाचार आएपछि उनले यस्तो बताएका हुन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले पार्टीलाई आवश्यक विज्ञताका लागी ३६ वटा विभागहरू गठन भएको बताएका छन्। यी केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनका लागी मास्टर्स डिग्री पास, मास्टर्स डिग्री नभए सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव हुनपर्ने, मास्टर्स डिग्री नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्ने महामन्त्री ढकालले बताए।
प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागी स्नातक डिग्री वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने रास्वपाले निर्णय गरेको छ । पालिका विभाग सदस्यका लागी १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने गरी मापदण्ड बनाएको उनले बताए।
विभिन्न पत्रपत्रिकाको हेडलाइनमा अन्यथा देखिने गरी समाचारहरू आएको भन्दै यसमा नझुक्किन महामन्त्री ढकालले आग्रह गरेका छन्।
प्रतिक्रिया