काठमाडौँ । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्।
गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो। गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए।
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए। सो पहिरोमा परी तीनजना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

प्रतिक्रिया