काठमाडौँ ।
दोलखामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन्। दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित टोपाटारमा गएराति पहिरो जाँदा एकै परिवारका ४ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन्। घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया