आज पनि अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज पनि अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ६५ पैसा रहेको छ। आज अष्ट्रेलियन डलर ६६ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। बिहीबार अष्ट्रेलियन डलर २० पैसाले घटेको थियो।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।