काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिदेशमा रहेका युवालाई नेपाल फर्काउने पूर्व घोषित कार्यक्रमको थालनी गरेको छ। पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहने १६६ जनाका लागि रोजगारको घोषणा गरेका हुन्।
रास्वपाले विदेशमा रहेका युवाका लागि नेपालमा आकर्षक तलबसहित विभिन्न क्षेत्रमा रोजगारीका लागि आवदेन आह्वान गरेको छ। विभिन्न पदमा १५ हजार देखि एक लाख ५० हजारसम्म तलब पाइने १६६ जनाका लागि विज्ञापन आह्वान गरिएको छ।
रास्वपाको उक्त विज्ञापनमा विदेशमा रहेक नेपाली युवाहरुले मात्र आवेदन दिन पाउने छन्। अनलाइनबाट आवेदन दिने सकिने छ भने उम्मेरको हदबन्दी भने तोकिएको छैन्।
सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन्। सभापति लामिछानेले यस अघि निर्वाचनको समयमा विदेशीमा रहेका युवालाई फ्री टिकटको व्यवस्था गरी स्वदेश फर्काउने बताउँदै आएका थिए।

प्रतिक्रिया