यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ५१ पैसा रहेको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।