कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेस

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेस


काठमाडौँ ।

कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः४२ को समयमा सो दाबी पेश गर्नुभएको हो। मुख्यमन्त्री पदमा थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश भएको हो।

त्रियानब्बे सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री पदका लागि बहुमत जुटाउन न्यूनतम ४७ सदस्यको समर्थन आवश्यक पर्छ।