एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे विजयी

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे विजयी


टोकियो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे विजयी भएका छन्। सन् २०२३–२०२५ कार्यकालका लागि आइतबार जापानमा भएको अनलाईन निर्वाचनबाट निउरे विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार निउरेले दुई हजार नौ सय ५५ मत प्राप्त गरी विजयी भएका थिए भने अध्यक्षका अन्य प्रत्यासीहरु संगीता अधिकारीले एक हजार दुई सय २०,रामकृष्ण श्रेष्ठले चार सय ९६ र राजकुमार अधिकारीले सात सय ७७ मत प्राप्त गरेका थिए।

कुल ७ हजार १ सय ६८ मतदाता रहेको जापानको एनआरएनएमा ५ हजार ४ सय ४८ खसेको निर्वाचन समितिले जनाएको छ।

सम्पन्न निर्वाचनमा ५ उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ विजयी भएका छन्। महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी विजयी भएकी छन्।

निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेल विजयी भएका छन्। सचिवमा अर्जुन थापा बगा, दिपेश केसी खत्री दिलिप कंडेल बिजयी भएका छन्। महिला सचिव पदमा चन्द्राकुमारी केसी निर्विरोध भएकी छन्। कोषाध्यक्षमा दिपक सुनार, सह–कोषाध्यक्षमा रामबहादुर थापा, महिला सह–कोषाध्यक्षमा अंजु भण्डारी निर्विरोध निर्वाचित भएकी छन।

युवा संयोजकमा मुक्तिराज रेग्मी, महिला संयोजकमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

सदस्यहरुमा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कंडेल, नेत्र पाण्डे, रामु कंडेल निर्वाचित भएका छन्। महिला सदस्यमा ललिता तामाङ निर्वाचित भइन्।

आइसीसी सदस्यमा बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध निर्वाचित भएका छन।