मेलबर्न अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। आगामी (२०२३–२५)को कार्यकालका लागि नेतृत्व छान्न आज भएको निर्वाचन सम्पन् भएकाे हाे।
आज भएको निर्वाचनमा सबैभन्दा बढी मत न्यु साउथ वेल्समा खसेको निर्वाचन समितिले जनाएको छ। ४ हजार ५०८ मतदाता रहेको एनएसडब्लुमा ३ हजार ८९९ मत खसेको छ। सबै भन्दा कम मत नर्दन टेरोटोरीमा खसेको छ। ८१५ मतदाता रहेको नर्दन टेरोटोरीमा ७१५ मत खसेको निर्वाचन समितिले जनाएको छ।
यस्तै एसीटिमा १२७९, तास्मानियामा ११५१, भिक्टोरियामा १७९०, क्वीन्सल्याण्डमा १२३४, साउथ अष्ट्रेलियामा १२३६ र वेस्टर्नअष्ट्रेलियामा १३१३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
एनआरएनएअस्ट्रेलियाको निर्वाचनको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने सबै उम्मेदवारहरू र स्वतन्त्र गोप्य मतदान गरेर यस लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने सबै मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले धन्यवाद दिएका छन्।
एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन्। डिला खरेल, देव गुरुङ र अनिल पोख्रेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। उनीहरूले अष्ट्रेलियाका राज्यस्तरमा पनि आ–आफ्नो उम्मेदवार उठाएका छन्।
१४ हजार बढी मतदाता भएको अष्ट्रेलियाका सबै राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजे सकिएको थियो। राती नौ बजे नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया